Nepali_Region 1 समुदाय सर्वेक्षण - सुविधा प्रयोग प्राथमिकताहरू
ब्लुप्रिन्ट APS Region 1 मा विद्यार्थी भर्ना वर्षौदेखि घट्दै गइरहेको छ। घट्दो भर्ना सँगै फण्डिङ चुनौतीहरू आउँछन् जुन हामीले भविष्यमा हाम्रो समुदायलाई उत्कृष्ट सेवा दिनको लागि अनिवार्य रूपमा सम्बोधन गर्नुपर्दछ। योजनामा एक महत्वपूर्ण कदम भनेको रिजन भित्रको वर्तमान APS सुविधाहरूलाई कसरी सम्भावित रूपमा पुनः प्रयोग गर्न सकिन्छ वा तिनीहरूलाई अहिलेको भन्दा फरक तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने निर्धारण गर्नु हो। यो गर्नको लागि हामीले हाम्रो समुदायबाट प्रतिक्रियाहरूमा विचार गर्न आवश्यक हुन्छ। अझ विशेष रूपमा हामीले भविष्यलाई हेर्दा तपाईंले आफ्नो उच्चतम-प्राथमिकता सुविधा उपयोगको आवश्यकताको रूपमा के देख्नुहुन्छ भन्ने सोध्न चाहन्छौं? अर्को शब्दमा, तपाईंले भविष्यमा आफ्नो क्षेत्रमा प्रयोग हुने APS सुविधाहरू कसरी हेर्न चाहनुहुन्छ?

APS ले हालसालै APS Region 1 भित्र बस्ने र काम गर्ने आमाबुवा, अभिभावक, कर्मचारी तथा समुदायिक सदस्यहरू मिलेर बनेको सामुदाय फोकस समुहबाट प्रतिक्रिया प्राप्त गर्यो। भावी सुविधा उपयोगको लागि APS ले Region 1 को आवश्यकता तथा आकांक्षामा थप इनपुट चाहनेछ, त्यसैले हामी यस सर्वेक्षण मार्फत तपाईंको इनपुट मागिरहेका छौं। यो ध्यान दिनु महत्वपूर्ण छ कि यो सर्वेक्षण सुविधाहरू कसरी प्रयोग गरिनेछन् भन्ने निर्धारण गर्ने कारक होइन। यो सर्वेक्षण पूर्व सामुदायिक प्रतिक्रिया तथा संलग्नतामा आधारित हुनेछ। लङ-रेन्ज फ्यासिलिटीस एडभाइजरी कमिटीबाट पनि इनपुट हुनेछ जुन कर्मचारी विश्लेषणको साथ विचार गरिन्छ। अन्तमा सिफारिसहरूमा मतदान गर्न APS शिक्षा बोर्ड आवश्यक हुनसक्छ। तपाईंको सहभागिताको लागि र यस महत्वपूर्ण कार्यमा तपाईंको अमुल्य प्रतिक्रिया प्रदान गर्नु भएकोमा अग्रिम धन्यवाद! कृपया शुक्रबार, नोभेम्बर 19 सम्म तल दिइएको सर्वेक्षण पूरा गर्नुहोस्।

Sign in to Google to save your progress. Learn more
कृपया तपाईंलाई सबैभन्दा राम्ररी वर्णन गर्ने विकल्प छान्नुहोस्: *
के तपाईं Region 1 मा कम्तिमा एउटा स्कूलसँग जोडिनु भएको छ (Crawford, Montview, North, Paris, Park Lane, Sable or Altura)?
Clear selection
निम्न मुख्य सुविधा प्रयोग वर्गहरू मध्ये तपाईंलाई कुन प्रकारको सुविधा सबै भन्दा महत्वपूर्ण र/वा मुल्यवान छन्, कृपया छनौट गर्नुहोस्।
Clear selection
शैक्षिक वा निर्देशात्मक सुविधा प्रयोगको लागि Region 1 फोकस समूह छलफलहरू मार्फत निम्न विकल्पहरू उच्च सामुदायिक आवश्यकता भएको रूपमा पहिचान गरिएका थिए। तपाईंले प्रत्येक उपयोग विकल्पलाई कति महत्वपूर्ण/ मूल्यवान मान्नुहुन्छ भन्ने आधारमा भवन कसरी उपयोग गर्न सकिन्छ (1- उच्चतम प्राथमिकता देखि 3 न्युनतम प्राथमिकता), कृपया यसको लागि निम्न विकल्पहरूलाई श्रेणीबद्ध गर्नुहोस्।
Region 1 को वान हेल्थ फोकससँग जोडिएको म्याग्नेट स्कूल। Region 1 मा अवस्थित म्याग्नेट स्कूल सबै APS विद्यार्थीहरूको लागि, तिनीहरू जहाँ बसे पनि खुला रहनेछ। म्याग्नेट स्कूलले गणित, अंग्रेजी, विज्ञान, तथा सामाजिक अध्ययन जस्ता मुख्य कक्षाहरू समेट्नेछ, तर वान हेल्थमा फोकस पनि समेट्नेछ। वान हेल्थले धेरै विषयहरूको अध्ययन गरेर र सबै क्षेत्रहरू (उदाहरण: मानव स्वास्थ्य सेवा, पशु स्वास्थ्य सेवा, वातावरणीय विज्ञान, नीति निर्माता, आदि) को प्रवर्धन गरेर उच्चतम स्वास्थ्य परिणाम प्राप्त गर्नको लागि मानिस, पशु, विरुवा तथा तिनीहरूको साझा वातावरण बीच अन्तरसम्बन्ध जाँच गर्दछ।
वैकल्पिक शिक्षा कार्यक्रम/ APS एभेन्युको विस्तार। APS एभेन्यु विस्तार तथा आवासको लागि स्थान, एक वैकल्पिक सहायक कार्यक्रम जसले विद्यार्थीहरूलाई उत्तीर्ण हुन थप लचिलो सिकाइ कार्यक्रम, अनलाइन सिकाइ, हाइब्रिड सिकाइ, तथा साना वातावरणहरू प्रदान गर्दछ।
प्रारम्भिक कलेज हाइ स्कूल। प्रारम्भिक कलेज हाइ स्कूल एक विशिष्ट प्रकारको हाइ स्कूल हो जहाँ विद्यार्थीहरूले आफ्नो हाइ स्कूल डिप्लोमा र या त उनीहरूको एशोसिएट्स डिग्री, अन्य पोस्टसेकेण्डरी प्रमाणपत्र, वा चार वर्षमा साठी कलेज क्रेडिटहरू दुवै आर्जन गर्न सक्छन्।
1
2
3
Clear selection
विद्यार्थी/ सहायता सेवा सुविधा प्रयोगको लागि Region 1 फोकस समुह छलफलहरू मार्फत निम्न विकल्पहरू एक उच्च सामुदायिक आवश्यकता भएको रूपमा पहिचान गरिए। तपाईंले प्रत्येक उपयोग विकल्पलाई कति महत्वपूर्ण/ मूल्यवान मान्नुहुन्छ भन्ने आधारमा विद्यार्थी/ सहायता सेवा सुविधा प्रयोग (1 – उच्चतम प्राथमिकता देखि 5 – न्युनतम प्राथमिकता) भित्र निम्न सुविधा प्रयोग विकल्पहरूलाई कृपया श्रेणीबद्ध गर्नुहोस्।
धेरै पुस्ताको सिकाइ/ बालबालिका तथा वयस्क दुवैको लागि सिकाइ। बालबालिका तथा वयस्क दुवै र कहिलेकहीं सँगै सिक्नको लागि सहायता गर्ने स्थान।
अंग्रेजी/स्पेनिश भाषाको अवसरहरूको लागि स्थान। भाषा सिकाइ अवसर तथा/ वा बहुभाषिक शिक्षामा सहायता गर्ने स्थान।
अश्वेत शिक्षकहरूमा फोकस भएको शिक्षक भर्ति केन्द्र। शिक्षकहरू, विशेषगरी अश्वेत शिक्षकहरूलाई भर्ना तथा विकास गर्न सहायताको लागि स्थान।
बाल हेरचाह/ बाल विकास केन्द्र। बाल हेरचाह वा प्रारम्भिक बाल शैक्षिक सिकाइ अवसरहरू प्रदान गर्ने स्थान।
विशेष विद्यार्थी सेवा। अशक्तता भएका विद्यार्थी र/ वा अशक्तता भएका APS विद्यार्थीलाई सहायता गर्ने कर्मचारीको विशेष आवश्यकतालाई सहायता गर्ने स्थान।
1
2
3
4
5
Clear selection
सामुदायिक सुविधा प्रयोगको लागि Region 1 फोकस समुह छलफलहरू मार्फत निम्न विकल्पहरू एक उच्च सामुदायिक आवश्यकताको रूपला पहिचान गरिए। तपाईंले प्रत्येक उपयोग विकल्पलाई कति महत्वपूर्ण/ मूल्यवान मान्नुहुन्छ भन्ने आधारमा सामुदायिक सुविधा प्रयोग (1 – उच्चतम प्राथमिकता देखि 2 – न्युनतम प्राथमिकता) भित्र निम्न सुविधा प्रयोग विकल्पहरूलाई कृपया श्रेणीबद्ध गर्नुहोस्।
मानसिक स्वास्थ्य सहायता केन्द्र/ सेवाहरू। समुदायले मानसिक स्वास्थ्य सहायता तथा सेवाहरूमा पहुँच पाउन सक्ने स्थान।
सामुदायिक केन्द्र (अतिरिक्त र्यापअप राउण्ड सेवा सहित वा रहीत)। समुदाय भेला हुनसक्ने र विभिन्न क्रियाकलापहरू प्रदान गर्न सकिने स्थान। यसले खाना, स्वास्थ्य सेवा, सामुदायिक सेवा, आदि जस्ता समुदायको आवश्यकताहरू पूरा गर्न सक्ने थप सेवाहरूको लागि स्थान समेट्न सक्छ।
1
2
Clear selection
यदि तपाईं चाहनुहुन्छ भने Region 1 मा तपाईंले कस्तो अन्य प्रकारको सुविधा प्रयोगहरू हेर्न चाहनुहुन्छ भन्ने बारेमा कृपया अन्य विचारहरू साझा गर्नुहोस्।
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of APS Google. Report Abuse