Registration for E-Paath & E-Pustakalaya Online Teacher Training | ई-पाठ र ई-पुस्तकालय तालिमका लागि शिक्षक सहभागीताको लागि दर्ता
During this lockdown period, OLE Nepal is organizing a free online training and hands-on practice session on the features of E-Pustakalaya and integration of E-Paath in teaching-learning.
यस लकडाउनको अवधिमा साझा शिक्षा ई-पाटीले ई-पाठ र ई-पुस्तकालय सम्बन्धित एकीकृत शिक्षण सिकाइ र अभ्यासका लागि निःशुल्क अनलाइन तालिम आयोजना गरिरहेको छ।
This training session will be a combination of presentation, hands-on practice and discussions. For the sessions to be more effective, we are limiting the number of teachers in each session to a maximum of 20 persons.
यस तालिममा प्रस्तुतीकरण, अभ्यास र छलफलको संयोजन हुनेछ। तालिमलाई प्रभावकारी बनाउन हामी प्रत्येक सत्रमा शिक्षकहरूको संख्या अधिकतम २० जनामा सीमित गर्दैछौँ।
We would like to invite interested teachers, with basic level knowledge of computer operation and the internet, to register for online orientation program.
हामी इच्छुक र कम्प्युटरमा साक्षर तथा इन्टरनेटको ज्ञान भएका शिक्षकहरूलाई यस अनलाइन कार्यक्रमको लागि दर्ता गर्न अनुरोध गर्दछौँ।
Please make sure to register with accurate information.
हामी तपाईंलाई सही जानकारीका साथ दर्ता गर्न अनुरोध गर्दछौँ।
Note:
E-Paath is a collection of digital interactive learning activities, based on national curriculum that are designed and developed at OLE Nepal.
साझा शिक्षा ई-पाटीले नेपालको राष्ट्रिय पाठ्यक्रममा आधारित रहेर तयार पारेको अन्तरक्रियात्मक डिजिटल शैक्षिक सामग्रीलाई ई-पाठ भनिन्छ ।
E-Pustakalaya is an education-focused, free and open digital library.
ई-पुस्तकालय खुल्ला, निःशुल्क र शिक्षाकेन्द्रित डिजिटल पुस्तकालय हो ।