टोल विकासको लागि प्रस्तावना (घाेडाघोडी नगरपालिका)
यो फारम भर्न छोटो समय लाग्दछ, कृपया थोरै समय दिएर एउटा जिम्मेवार नागरिकको भूमिका निभाई दिनुहुन हार्दिक अनुरोध छ | आर्थिक वर्ष २०७८/७९ को लागि नगरपालिकाको योजना बनाउने प्रक्रियामा तपाईंको सहभागिताको लागि यो सर्वेक्षण तयार गरिएको हो।  तपाइँको टोल/बस्तिमा गर्नुपर्ने सुधार तथा बिकासको बारेमा तपाइको  रायहरू र विचारहरू प्रदान गर्ने यो अनुपम अवसर हो। यस सर्वेक्षणबाट प्राप्त परिणामले  आगामी आ.व.को योजना निर्माण गर्ने प्रक्रियामा वार्ड समिति / नगरपालिकालाई सहयोग पुग्ने छ तर योजनासंग सम्बन्धित निर्णय भने सम्बन्धित वार्ड समिति / नगरपालिकाले  गरे अनुसार नै हुनेछ। यस सर्वेक्षणमा संकलन गरिएको जानकारीलाई भविष्यका लागि योजना बनाउन वार्ड समिति / नगरपालिका समितिले प्रयोग गर्नसक्नेछन्। यी सर्वेक्षणहरूमा संकलन गरिएको जानकारी कुनै पनि अन्य उद्देश्यहरूको लागि प्रयोग गरिने छैन।

नोटः सर्वेक्षण फाराममा सहभागीहरूले योजनाको विस्तृत विवरण, योजना अनुसारको बजेट राखि पेश गर्नुहोला । अघिल्लो अा. व. मा धेरै सहभागिहरूले योजनाकाे नाम सिपमुलक तालिम मात्र लेखि पठाइएको पाइयो, कृपया योजनाको नाम समेत खुलाइ पाठाउन हुन अनुरोध छ । तपाईंको वडामा बस्ने छिमेकीहरू र साथीहरूलाई पनि सर्वेक्षणमा भाग लिनको लागि  जानकारी दिनुहोस ताकि उनीहरू पनि योजना तर्जुमा गर्ने मौका प्राप्त गर्न सकून्!
Sign in to Google to save your progress. Learn more
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy